बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका-७ मा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही उपमहानगरपालिका-७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारी रहेको प्रहरी जनाएको छ ।

करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै बनाउदै गरेको घरमा मोटरबाट पानी हाल्नको लागि मोटर चलाउन लाग्दा उनलाई करेन्ट लागेको थियो ।