सप्तरी । नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ८९ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहिवार छापावाला सुन मुल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । बिहिवार ११ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय १६० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।