सप्तरी । पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.५ मा आज बिहान पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय मो. आजादका ३ वर्षय छोरा रहमत अलि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरको पुर्व तिर रहेको पोखरीमा खेल्दा खेल्दे अचानक लडेर मृत्यु भएको प्रहरी जनाएको छ । पोखरीमा डुबेर सख्त घाइते नाबालकको उपचारको लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल ल्याउदे गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक नाबालकको शव हाल पोष्टमार्टमका लागि राजविराज स्थित छिन्नमस्ताअस्पताल लगिएको जनाइएको छ ।