बिहार । बिहारको नदीमा डुङ्गा डुबेपछि २२ बेपत्ता भएका छन् ।

भारतको बिहार राज्यमा पर्ने मोतिहारीमा आज विहान नदीमा डुङ्गा डुबेपछि २२ जना बेपत्ता भएका हुन् ।

घटना शिकारगञ्ज थानाको गोढियाँ गाउँमा भएको आजतकले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मी टोली उद्धारमा जुटेका छन् । डुङ्गा डुबेको केहि बेरमा एक जनाको शव फेला परेको छ । २१ जना अझै सम्पर्क विहिन छन् ।

डुङ्गा डुबेको घण्टौं वितिसक्दा पनि बेपत्ताहरु फेला नपरेकाले उनीहरुको मृत्यू भएको हुनसक्ने अनुमान छ ।