सप्तरी । रौतहटबाट स्रोत नखुलेको साढे ४ लाखसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् । प्रहरीले उनीहरुलाई नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित पक्राउ गरेको थियो ।

ईशनाथ नगरपालिका–२ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुसँग श्रोत खुलाउन नसकेको नगद बरामद गरेका थिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।