सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको मुत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एक युवकको मुत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-२ बेल्हाका २२ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।

जितिया मेलाका लागि लाउडस्पिकर ९हर्न० जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको वडाध्यक्ष रामअबतार साहले जानकारी दिए ।

करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको साहले बताए ।