काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ४५ पैसा रहेको जनाएको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी, आज एक क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ २१ पैसा बिक्रिदर ९३ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।