जनकपुरधाम : बडादशैंको आज मुख्यदिन, जनकपुरधाममा हरेक वर्षझैं आज रावणबद्ध गर्ने कार्यक्रम रहेको छ । आज बेलुका ६ बजे पश्चात रावणबद्ध गरिने जनाईएको छ ।

रावणबद्ध कार्यक्रमको तैयारी अहिले गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि जोडतोडले भईरहेको छ । राम मन्दिरका मुख्य पुजारी राम गिरी ज्यूले रावणवद्ध गर्ने जनाईएको छ । कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णको पुतला आज जलाईने छ ।

कार्यक्रममाको उपस्थितीमा  जनकपुरका मेयर लालकिशोर साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारी  हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ । कार्यक्रम हेर्न हजारौं जनकपुर र वरिपरि(नजिक) का गाउँघरबाट सर्वसाधारहरुको भिड लाग्ने गर्दछ ।