जनकपुरधाम । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद ‘स’को जन्मदिनको अवसरमा प्रदेश २ को सरकारले कार्तिक २  गते मंगलबार(आज )  सार्वजनिक विदाको घोषणा गरेको छ ।

 

मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नु हुँदै प्रदेशमा विदा समेत रहेको जानकारी गराए।

 

उनले जारी गरेको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद ‘स’को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ ।

 

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद ‘स’ को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरे ।