राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने बताउनुभएको छ ।

सप्तरीको महदेवा गाउँपालिकास्थित बथनाहामा नवनिर्मित विद्यालय भवनको बिहीबार उदघाट्न गर्दै उहाँले मानिसलाई अहिलेको अवस्थामा मुल शिक्षा नै भएकाले शिक्षाबाट वञ्चित भएका मानिस गरिबीको महामारीमा फसिने गरेको बताउनुभयो ।

शिक्षा क्षेत्रको विकास भएपछि देशको उन्नतिसमेत हुने उहाँको भनाइ थियो । शिक्षित भएको ठाउँमा हरेक क्षेत्रको विकास भइरहेका विद्यालयमा भवन बनेर मात्र हुँदैन गुणस्तरीय शिक्षा हुनुपर्ने उहाँले बताउनुभयो । दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्दै उहाँले दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पु¥याएको सुनाउनुभयो ।