रौतहट । रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

सोमबबार राति करीब ८ बजे गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा मोटरसाईकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको धनकौल वैरिया घर भई हाल दुर्गा भगवतीको स्थित बडहर्वामा प्रहरी चौकीमा कार्यरत रहेका ३३ वर्षीय रामनिवास यादव रहेको छ ।

वागमती नदीको पुलमा मोटरसाईकल ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले घटना विषयका थप अनुसन्धान भइरहेको बताए । मृतक प्रहरी जवाको शव पोस्टमार्टमको लागि गौर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।