एजेन्सी । बिहारका दुई जिल्ला गोपालगञ्ज र बेतियामा विषाक्त रक्सीबाट २४ जनाको ज्यान गएको छ ।

धेरै बिरामी परेका छन् भने धेरैको आँखाको ज्योति गुमेको छ ।दुबै जिल्लामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।

बिहीबार चम्पारणको बेतिया गाउँमा ८ जनाको मृत्यु भएको थियो भने गोपालगञ्जमा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। यद्यपी दुबै जिल्लाको प्रशासनले मृत्युको कारण भने पुष्टि गरेको छैन ।

उत्तर बिहारमा पछिल्लो १० दिनमा मदिरा सेवनबाट मृत्युको यो तेस्रो घटना हो । घटना विषयमा अनुसन्धन भइरहेको अधिकारीहरुले बताएका छन् ।