सप्तरी । धान खेतमा फालिएको एक नवजात शिशुको उद्धार गरिएको छ ।

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको उद्धार गरिएको हो ।

धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए ।

उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जनाइएको छ ।