उमेश कुमार साह , कार्तिक १९ सप्तरी 

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०८ बैरयाही गाउँमा लक्ष्मी पुजा को शुभ उपलक्ष्यमा, लक्ष्मि मन्दिरको उद्घाटन गरिएको छ ।

बोदे बर्साईन नगरपालिका– ८ बैरयाहीमा लक्ष्मी माताको गहबरको उद्घाटन गरिएको छ , एक कार्यक्रमको बीच बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा उद्घाटन गरेका हुन् ।

मन्दिरमा लक्ष्मि पुजाको शुभ उपलक्ष्यमा विभिन्न देवी देवताको प्रतिस्थापना गरिएको लक्ष्मि पुजा समिति बैरयाहीका अध्यक्ष भोगेन्द्र यादवले बताए ।

लक्ष्मि पुजा समिति बैरयाहीका अध्यक्ष भुपेन्द्र यादवको अध्यक्षतामा आजको कार्यक्रम सम्पन्न भएको थियो तथा बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ०८ को अध्यक्ष लक्ष्मि साह , अतिथिहरु कार्यपालिका सदस्य श्री प्रसाद भगत , वडा सदस्य – पुरण यादव , शिव नारायण ठाकुर ,श्रीमती प्रमल देबि यादव , वडा सचिब – जेतेन्द्र कु साह , प्रहरी चौकी काचनको प्रमुख – संजीव कुमार महतो , राजाजी जनता मा बिधालय काचनका बिधालय ब्यवस्थापन समितीका अध्यक्ष – धर्म देब यादव , स्वास्थ चौकी काचनका प्रमुख – कृष्ण कुमार महासेठ , मेला समितीका कोषाध्यक्ष – मनोज कुमार यादव , सचीब – बिध्यानन्द साह , मूर्तिकलाकार – जिबछ कुमार यादव लगायतको स्थानीय बुद्धिजीवीहरुको उपस्थित रहेको थियो।