सप्तरी । सिरहाको स्टिल फर्निचर शोरुममा आगलागी भएको छ ।

सिरहाको गोलबजारमा रहेको स्टिल फर्निचर शोरुममा आगलागी भएको हो ।

ज्योती स्टेशनरीले गोलबजार नगरपालिका ६ दोहटियाका योगेन्द्र यादबको घर भाडामा लिएर सञ्चालन गरेको फर्निचर शोरुममा आगलागी हुँदा १२ लाख बरावरको समाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शोरुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्रि जलेको जनाइएको छ । शोरुममा विद्युत सर्ट भएर आगलागीभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगो गोलबजार नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिव एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।