सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् ।

आज बिहान सवा ७ बजेको समयमा सप्तरीको खडक नगरपालिका ६ विरपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुको साथै ७ जना घाइते भएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सिरहा नरहा गाउपालिका वडा नं ३ पांडा बस्ने रामदेव यादवका श्रीमती वर्ष ६५ की काखी यादव रहेको छ । उनको उपचारको क्रममा छिन्नमस्ता अस्पताल सप्तरीमा मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसहि ट्याक्टरमा सवार ७ जनाघाइते भएका छन् ।

पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स १ त ६२५६ नं.को ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको बा ९३ प ३५९ नं.को मोटरसाईकल लाई ठक्कर दिएपछि ट्याक्टर सडकबाट ५ मिटर तल खसी पल्टिदा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।