लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–७ का २५ वर्षीय नागेश्वर भगत र धनुषाको औरही गाउँपालिका–५ का २९ वर्षीय रमनकुमार कर्ण रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएअनुसार सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं ०२–०२३– प। ९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको छ ।

मोटरसाइकलमा सवार दुवै जनाको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाइजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल लागुऔषध बरामद गरेको प्रवक्ता बुढाथोकीले जनाएका छन्।

पक्राउ परेका दुवै जनालाई लागुऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।