सप्तरी । जाडो मौसमका लागि तीन अर्बको तयारी कपडा आयात गरिउको छ ।

व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब तीन अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका हुन् ।

व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको आयात गरेको बताएका छन् । काठमाडौंलगायत देशका सबैजसो भागमा जाडो बढ्दै गएपछि बजारमा बाक्लो तथा न्यानो कपडाको माग बढ्दै गएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति तथा लामो समयदेखि नेपाल चीन व्यापारमा संलग्न दिलसुन्दर श्रेष्ठले नेपालमा जाडो मौसमका लागि हरेक वर्ष करीब ३ अर्ब रुपैयाँ बराबरको लत्ताकपडा आयात हुुने गरेको बताए । उनका अनुसार यसमध्ये चीनबाट मात्रै करीब ६० प्रतिशत न्यानो लुगाको आयात हुने गर्छ । भारत, थाइल्यान्ड मलेशिया तथा कोरियाबाट समेत गरी बाँकी ४० प्रतिशत न्यानो कपडाको नेपालमा आयात हुने गरेको छ ।