उदयपुर । खोलामा डुबेर उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको ज्यान गएको छ।

साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका १० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

खाजा खाएर बेपत्ता भएका चौधरी कतै नदेखिएपछि खोजी गर्दा दहमा डुबेको अवस्थामा फेला परेका सँगै गएका साथीलाई उद्धृत गर्दै मृतकका आफन्त रबिन्द्र चौधरीले बताए। घटनाको थप अनुसन्धान भैरहेको डिएसपि गौतमले जानकारी दिए।