सप्तरी । श्रीमतीको हत्या गरेको अभियोगमा लुकमान मियाँ पक्राउ परेका छन् ।

श्रीमती रोशन खातुनलाई विष खुवाई मारेको अभियोगमा प्रहरीले लुकमान मियाँलाई पक्राउ गरेको हो ।

रोशन र लुकमानको २०७६ मंसिरमा विवाह भएको थियो । लुकमानले विवाह भएको २ महिनामा नै दाइजो नदिएको रिसमा कुटपिट गर्दा रोशनको २०७६ सालको फागुनमा मृत्यु भएको थियो ।

विष खुवाएपछि गम्भिर बिरामी भएकी रोशनको उपचारको क्रममा कोशी अस्पतालमा निधन भएको थियो । हत्या अभियोगमा लुकमान लगायत उनका आमा बुवालगायत ६ जना विरुद्ध जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।