झापा । अटोरिक्साको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा हिजो साँझ अटोरिक्साको ठक्करबाट पैदलयात्री स्थानीय ५१ वर्षीय चन्द्र प्रसाद अधिकारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा वि एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको जनाइएको छ । हिजो साँझ साढे ६ बजे पैदल हिडीरहेका चन्द्र प्रसादलाई मे १ ह ६४ ५० नम्बरको अटोले ठक्कर दिएको थियो । ठक्कर दिने अटो सहित चालकलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले नियन्त्रणमा लिइसकेको छ ।