चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठायो

काठमाडौँ ।चीनले अफगानिस्तानलाई १ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ।

चीनले पठाएको सामग्री बोकेको एउटा रेल अफगानिस्तानका लागि छुटेको छ । चीनले पठाएको सहायता सामग्री १२ दिनभित्र अफगानिस्तान पुग्नेछ ।

सन् २०२१ देखि चीन–अफगानिस्तान मालवाहक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको मालवाहक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयात निर्यात भएको बएका थिए। तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय सङ्कट बढेको छ ।