सप्तरी । नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९३ हजार ९०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार छापावाला सुन मुल्य प्रतितोला ९३ हजार ७०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १२६० रुपैयाँमा कारोबार भएको चाँदीको आज १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।