सर्लाही । सर्लाहीको हरीवन नगरपालिका १० सुखेपोखरीमा मोटरसाइकल पल्टिदा २ जना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश २–०४–००१ प १३ १७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका १ का २८ वर्षीय जिवन समाल र पछाडी सवार सोही ठाँउका ३३ वर्षीय श्याम मगरको जिवन हेल्थ केयर हरीवनमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय हरीवनले जनाएको छ ।