बारा । मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ गढीमाई मन्दिर अगाडी आज बिहान मोटरसाइकलको ठक्करबाट साइकलयात्री पर्साको बिरगञ्ज महानगरपालिका १ छपकैयाका ४२ वर्षीय बिपिन कर्णको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । बिरगञ्जबाट जितपुरतर्फ जाँदै गरेको साइकललाई बिपरित दिशाबाट आउँदै गरेको ना ६३ प ४११ नम्बरको मोटरसाइकलले आज बिहान साढे ७ बजे ठक्कर दिएको हो । मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।