उदयपुर । बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ६ चुरे जंगलमा आज बिहान बसको ढोकाबाट खसेर मोरङको बरगाछीका ३१ वर्षीय सिजन शर्माको मृत्यु भएको हो ।

आज बिहान पौने ७ बजे ना ६ ख ९२४६ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएको छ ।