कपिलवस्तु । बेपत्ता भएको व्यापारी खोज्न कपिलवस्तु प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट शुक्रबारदेखि चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका वर्ष ३३ का विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए ।

सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजतलास सुरु गरेको थियो । पौडेल सवार मोटरसाइकल शनिबार विहान बुद्धभूमि ९ बेलनदी नजिकै र अर्को दिन विहान उनको मोबाइल नदी आसपासमा फेला परेको थियो ।

लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर परिचालन गरी आज विहानदेखि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् ।