सप्तरी । नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९१ हजार ८०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजार ३०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य ३० रुपैयाँले घटेको छ । मंलबार प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १२२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।