सुनसरी । प्रहरीलाई छल्न र पक्राउबाट जोगिन एक युवाले आफ्नो मृत्यु दर्ता आफै गराएका छन् ।

प्रहरीलाई छल्न र पक्राउबाट जोगिन सुनसरी जिल्लाको इनरुवा–७ रसुल मियाँको छोरा अजित मियाँले आफ्नै मृत्यु दर्ता गराएका हुन् ।

अजितले डकैती मुद्दाबाट जोगिन मृत्यु दर्ता गरेको प्रहरीको भनाई छ । २०६८ सालमा एकजनाको घरमा अजितसहित ३ जनाले डकैती गर्न गएका थिए । ३ जनामध्ये २ जनालाई प्रहरीले पक्राउ गरेपनि अजितले भने छल्दै आएको प्रहरीले जनाएको छ । उनले २०७४ मा उनले आफै मृत्यु दर्ता गरेका थिए ।

७५ सालमा ३ जनालाई ६ वर्ष कैद तथा ९९ हजार रुपैयाँको जरिवाना तोकेको थियो । पक्राउ परेका २ जनाले अजित त्यही व्यक्ति हो भनेर सनाखत गरेपछि बल्ल प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।