भक्तपुर । टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका स्कुटर चालक २४ वर्षका असिम लिम्बुको ज्यान गएको हो ।

बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते भएका छन् । महर्जनको उपचार भइरहेको जनाइएको छ ।