सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजार १०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ९०० कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।