काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९६ पैसा र विक्रिदर १२० रुपैयाँ ५६ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४७ पैसा र विक्रिदर ८५ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।