सप्तरी । देशैभरिमा अत्यधिक उजुरी पर्नेमा सप्तरी पहिलो स्थानमा रहेको छ ।

सूचना नपाएको भन्दै देशैभरिमा अत्यधिक उजुरी पर्नेमा प्रदेश २ प्रदेश सप्तरी पहिलो स्थानमा रहेको पारदर्शिता, सहभागिताकोस्तर वृद्धि र शून्य भ्रष्टाचार नीति कार्यान्वनमा सहयोग पुर्याउने अपेक्षासहित बुधवार राष्ट्रिय सूचना आयोगले सप्तरीको राजविराजमा आयोजना गरेको सूचनाको हकसम्वन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सचिव भागिरथ पाण्डेले जनाएको हो ।

पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत साउनदेखि मंसिरसम्म आयोगमा २९ वटा पुनरावेदन परेको छ । सूचनाको हकको दफा ३ को उपदफा ३ अनुसार सूचना माग को प्रयोजनलाई प्रयोग गरिदिन आयोगका आयुक्त रत्नप्रसाद मैनाली आग्रह गरे । मोबाइल, इमेलबाट र म्यासेन्जरबाट मागेको आधारमा पनि विषय, प्रयोगको गाम्भिर्यतालाई बुझ्दै सूचना तत्काल उपलब्ध गराउन कार्यलयहरुलाई आयोगले निर्देशन दिएको छ। सूचना माग्ने शैलीलाई पनि प्रविधिमैत्री बनाउँदै लग्नुपर्ने आयोगको भनाई छ ।