सर्लाही । अवैध लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हरिवन नगरपालिका–६ चार्लिक नहरबाट बुधबार दिउँसो अवैध लागूऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागमती नगरपालिका–२ बस्ने २३ वर्षीय खवाङ तामाङ रहेको प्रहरीले जनाएको छ । उनको साथबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

ना.१० प ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।