सप्तरी । सप्तरीको संघीय प्रतिनिधिसभा क्षेत्र नं १ को सभापतिमा ललनप्रसाद गुप्ता विजयी भएका छन् ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नं १ को सभापतिमा ललनप्रसाद गुप्ता २१ मतले विजयी भएका हुन् ।

ललनप्रसाद गुप्ताको विपक्षमा उभिएका बद्री प्रसाद महत्मानले ३१० मत ल्याउँदा गुप्ताले ३३१ मत ल्याएर बिजय भएको जनाइएको छ ।

त्यस्तै, गुप्ता प्यानलबाट सचिवमा दुर्गा प्रसाद भट्टाई र नारायण प्रसाद यादब बिजय भएका छन् भने महत्मान प्यानलका हृदय नारायण चौधरी र ओमप्रकाश साह बिजय भएका छन् ।

त्यस्तै, सह–सचिवमा गुप्ता प्यानलका जुुग नारायण खिडहरी र महानन्द झा बिजय भएका छन् भने महत्मान प्यानलका नन्द केश्वर मंडल र जोगेन्द्र यादब बिजय भएका छन् । क्षेत्रिय कार्यसमिति खुल्ला महिला एक जनामा महत्मान प्यानलबाट रोबिदा खातुन र गुप्ता प्यानलका ललिताकुमारी साह बिजय भएकी छिन् ।