सप्तरी । मोटरसाईकल दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अनतर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा गएराती मोटरसाईकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक सप्तरीकै अग्नीसाईर कृष्णसवरण गाउँपालिका २ सितापुरका २२ वर्षीय सन्तोष चौधरी र पछाडी सवार अन्दाजी २० वर्षीयु युवक रहेका छन् ।

मोहनपुरमा साढे ९ बजे अन टेष्ट मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते दुबै जनाको युनिक अस्पताल सप्तरीमै उपचार भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ ।