सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९१ हजार ८०० कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार छापावाला सुन मुल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको चाँदी आज ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।