काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ ।

बैँकले शुक्रवार विभिन्न पाँच रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृति)का लागि ४५ जना, निर्देशक (अधिकृत तृतिय, लेखा÷लेखा परिक्षण)मा ६ जना र सहायक निर्देशक (अधिकृत तृतिय, वाणिज्य कानुन)मा २ जना माग गरिएको छ।

प्रशाशनतर्फ सहायक निर्देशक (अधिकृत तृतिय, सूचना प्रविधि)मा ५ र प्रशासनतर्फ सहायक (सहायक द्धितिय)का लागि २५ जना माग गरिएको छ। तोकिएको दस्तुर तिरि पुस १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस २२ गतेसम्म दरखास्त दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।