जनकपुरधाम । धनुषाको किराना पसलमा आगलागी भएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्ग किराना पसलमा आगलागी भएको हो ।

बुधबार मध्य राति आगलागी हुँदा पसलको सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए ।आगलागीबाट पसलमा भएका खाद्यान्न, मसला, तेललगायत किरानाका समान गरी करिब १४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले निरीक्षक यादवले भने ।

आगलागी हुनुको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट तथा पूजा गर्न बालिएको धुपबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।