सप्तरी । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरीको सुरुङगा नगरपालिका वडा नं.२ हर्दिया बस्ने २७ वर्षीय शिव कुमार ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

सोही नगरपालिका वडा नं. ४ बिरनगर गाउँ टोल बस्ने ससुरा भोला ठाकुरको घरमा पाहुना गएको बेला विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान सिराहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यता सो सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान कार्य थालेको सप्तरी प्रहरीले जनाएको छ ।