सप्तरी । नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९३ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार छापावाला सुन मुल्य प्रतितोला ९३ हजार ८ मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।