पक्राउ परेका निर्दोष किसानलाई रिहा नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ता आन्दोलन उत्रेका छन् ।

औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा भन्दै गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता लिन जनमतका नेता तथा कार्यकर्ताहरुले माग गरेका थिए । किसानलाई रिहा नगरेपछि जनमत पार्टीका कार्यकर्ताहरुले आमहड्तालको घोषणा गर्यो । घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरु आक्रोश बनेका छन् । जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व पश्चिम राजमार्गमा सवारी चल्न सकेको थिएन ।

बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले एकशन लिएपछि प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई हस्तक्षेप गर्दै प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ। सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरेका छन् । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।