उमेश कुमार साह ,१६ पुस शुक्रबार
बोदे बर्साईन// सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ गैठी गाउँमा रहेको श्री सामुदायिक राष्ट्रिय शिव शंकर प्राथमिक बिधालय हैठीका दलित तथा अन्य विद्यार्थीहरुलाई चार सयकाे दरले कक्षा १ देखि ५ सम्म सबै दलित छात्र छात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको थिए।

यस बिधालयका शिक्षक अजित यादवका अनुसार श्री सामुदायिक राष्ट्रिय शिव शंकर प्राथमिक बिधालय हैठीकाकाे भौतिक निर्माण योजनाको साथ साथै शेक्षिक गुणस्तरीय पनि दिन प्रती प्रगती सिल अवस्थामा छ। स्थानिय चुनाव पछि याे नगरपालिकाकाे नगर प्रमुख आतेश कुमार सिंह यादवले शिक्षा प्रती बढि ध्यानाकर्षण भएको कारणले गर्दा बिधालयमा अध्यन गर्न विद्यार्थी लगायत भौतिक निर्माण योजना सम्पन्न भएको छ। बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा छात्रवृत्ति बितरण गरिएको थिए।छात्रवृत्ति कार्यक्रममा स्थानीय वासी , बुद्धिजीवी , कर्मचारी , विद्यार्थी लगायत अभिभावकहरूकाे सहभागितामा छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको थिए।