मधेशटप डेस्क , जनकपुरधाम 

महोत्तरी को  समाजवादी पार्टीका नेता एवम् समाजसेवी लक्ष्मी महतोले १३ जना बालबालिकाको अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सोमबार महोत्तरीको गौशाला नगरपालिका २ श्री माध्यमिक विद्यालय निगौलमा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमकाबिच कक्षा १ का काजलकुमारी साह, शिवम कुमार साह मोहम्मद लहेरी, अजमती खातुन लगायतका १३ जना वालवालिकाको अभिभावकत्व सरक्षणको जिम्मेवारी लिएका हुन ।

समाजसेवी श्री लक्ष्मी महतोले (०-१२)कक्षाका दलित, मुस्लिम, अपांग अति बिपन्न, टुहरा, अनाथ बालबालिकाहरुलाई ६/६ ओटा कोपी र २/२ ओटा डट पेन गरि जम्मा ४१४ जना भन्दा बढी विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेका थिए । आमा बुबाको नागरिकता नरहेका १३ जना विद्यार्थीको अभिभावकतव  संरक्षण लिएर विधालयमा नमाङ्कन प्रक्रिया अगाडि बढाएकाे छ । यो १३ जना बालबालिकालाई १२/१२ ओटा कोपी ५/५ ओटा डट पेन र १/१ थान बिधालय पोसाक वितरण गरेका थिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद शाहले कार्यक्रमलाई सम्बाेधन गर्दै स्थानिय सरकारले शिक्षाजस्तो महत्वपुर्ण पाटोलाई पहिलो प्राथामिकताको साथमा लिएर कार्यसम्पादन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । मन्त्री साहले संघियतापछि देशमा स्थापित भएको स्थानियसरकारको मातहतमा रहेको शिक्षा, स्वास्थ्यजस्तो महत्वपुर्ण पाटोलाई मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने आवश्यकता उपर जोड दिएका थिए ।

मन्त्री साहले भने, स्थानिय सरकारले भौतिक पूर्वाधारमा अधिकांश बजेट खर्चिदै आएको छ । जबकि शिक्षा बिनाको त्यो विकासको कुनै अर्थ छैन । तसर्थ सीप सहितको शैक्षणिक क्रियालाप गर्नुपर्ने आवश्यक छ । डिग्रीवाला शिक्षा होईन् बल्कि विश्वबजारमा विकाउ हुने शिक्षा प्रदान गर्नुपर्नेछ ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रामगोबिन्द यादव, राहुल महतो, जसपा केन्द्रिय सल्लाहकार नवलकिशोर यादव, बिनोद महतो, नगर संयोजक: कुमरकान्त झा, शिक्षकशिक्षिकाहरु, लगायत विधार्थीहरु उपस्थिति रहेको थियोे ।