सप्तरी:- तिलाठी कोईलाडी गाँउपालिकाको श्री लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगमाकट्टीमा अभिभावकले कार्यालयमा तालाबन्दी गरेका छ्न। करार र दरबन्दी पदपूर्तिको लागि गोप्य तरिकाले बिज्ञापन प्रक्रिया अपनाउने काम गरेपछि आज बिहिवार अभिभावकले तालाबन्दी गरेका हुन। करार र दरबन्दी पदपूर्तिको विज्ञापन प्रकाशन गर्ने समय माघ २३ गते रहेको थियो ।

कसैलाई थाहै नदिने गरि २६ गते नै सार्वजनिक गरेको थियो। त्यतिके होईन, विज्ञापनमा चलानी नम्बर नै छैन अभिभावक उपेन्द्र यादवले भने गाउँपलिका शिक्षा संयोजक राजैश झाले राजविराजको वताबरण पत्रिकामा समेत बिज्ञापन प्रकाशित गरेको जानकारी दिएका छ्न, तर सो पत्रीकामा बिज्ञापन प्रकाशित नभएको अभिभावक यादवले बताए ।