मधेशटप,फागुन ५
त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरूले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्।विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन्।
प्रध्यापकहरूले विभिन्न विद्यार्थी संगठनहरूले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताएका छन।
सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ।
Discussion about this post