मधेशटप, फागुन ९ गते।
नेपालमा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ८ हजार १४० नमूनाको परीक्षण हुँदा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा ५ हजार २२५ जनाको पीसीआर र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार २०५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
Discussion about this post