मधेशटप डेस्क,फागुन १४
नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ ।
विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षका टिकटका दावेदारहरूबीच मनमुटाव सिर्जना भएको छ ।
टिकटको लागि स्वघोषणा गर्नेहरू र अनुमान गरिएको चर्चाका आधारमा विशेषगरी बर्दिवास बजारमा निक्कै गर्मागर्मा बढेको छ ।
विवादका कै कारण एमाले महोत्तरीको अधिवेशन हुन सकेको छैन ।
नेताहरू बीचमा देखिएको मत विभाजनले निर्धारित समयमा अधिवेशन हुन नसक्दा पटकपटक स्थगित बन्दै आएको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका नेता सुरेश राउत अधिवेशन समपन्न भए पनि त्यसपछि आफ्नो पार्टीमा ठूलो समूह आउने दावी गर्छन् ।
Discussion about this post