उमेश कुमार साह: १७ फाल्गुन २०७८

सप्तरीको बिभिन्न स्थानमा रहेको शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रीको अवसरमा मंगलबार जिल्लाका बिभिन्न शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको हो ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा श्री हरिशंकर मन्दिरमा बिभिन्न स्थानबाट आएका सन्तमहन्थहरु तथा सर्धालु भक्तजनहरुको उपस्थितिहरेक थियो ।
बोदे बर्साईन नगरपालिकाको मानराजाको शिव मन्दिर , हरिशंकर मन्दिर लगायतका स्थानमा विहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड लागेको स्थानीयहरुले बताएका छन् । शिवालयहरुमा जिल्लाको बिभिन्न स्थानसहित छिमेकी जिल्ला तथा भारतबाट समेत हजारौंको संख्यामा धार्मिक पर्यटकहरु दर्शनका लागि आएको स्थानीयहरुले जानकारी दिए ।