मधेशटप, फागुन २० गते ।

जनकपुरधाम : निजि तथा आवासिय विद्यालय एशोसियसन (नेशनल प्याबसन)को आउदो फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको ७ औँ महाधिवेशनमा मधेश प्रदेशका प्रतिनिधीहरुले यसपालि उपत्यका वाहिरका नेतृत्व जिताउन लागि परेका छन् ।

पहिलो  छैठौं महाधिवेशनमा अध्यक्षमा पराजित सिरहाका पाण्डव हमाललाई अध्यक्ष पदमा जिताएर एन – प्यावसनमा पहिलो पल्ट  मोफसलका नेतृत्वका लागि तयारी भइरहेको एन- प्यावसन धनुषा र मधेश प्रदेशका पदाधिकारीहरुले बताएका छन् ।

देश भर जम्मा   उन्नाइस  भन्दा बढी सदस्यहरु मध्ये मधेश प्रदेशबाट करिव ७ सय भन्दा बढी सदस्यहरु एन- प्यावसनमा रहेपनि उपत्यका बाहिरकाले अहिले सम्मको लागि  नेतृत्व पाउन नसक्नु दुःखद रहेको सदस्यहरुको सुझाव छ ।

जनकपुरधामको  एन- प्याबसनमा  आवद्ध रहेका  विद्यालयका सञ्चालकहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हमाललाई जिताउन कुनैै कसर वाँकी नरहेको  बताएका छन् ।

संस्थामा आफ्नो लगानी, प्रतिबद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकाले उनको पनि सम्मान हुनुपर्ने एन- प्याबसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले जानकारी दिए । अध्यक्ष पदका उम्मेदवार हमाल मधेस प्रदेशको सिरहा जिल्लास्थित लहान नगरपालिकाका स्थायी वासी हुन् ।

हमालसँगै एन- प्याबसनको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान(नव) महासचिव सुभाष न्यौपानेले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्मेलन मार्फत नरेन्द्र मिश्र स्वयंले साथीहरुको चाहना बमोजिम आफु केन्द्र छोडेर एन- प्याबसनको प्रदेशको नेतृत्व लिने बताए ।

सो कार्यक्रममा एनप्यावसन धनुषाका पुर्वपदाधिकारी, पदाधिकारीहरु सहितको उपस्थिती रहेको थियो ।